पुर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता नेपालद्वारा खाँडादेवी गाउँपालिकाबाट काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने नेता,कार्यकर्ताहरुलाई स्वागत,सयभन्दा बढीले काँग्रेस पार्टी त्यागे


तामाङपेज संवाददाता ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप खाँडादेवी काठमाडौं सम्पर्क समितिले राजधानीमा मंगलबार गरेको कार्यक्रममा खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेस पार्टीमा आवद्ध क्षेत्रीय तथा गाउँपालिका स्तरिय नेता,कार्यकर्ताहरुले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।

पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसको भगिनी संगठन नेपाल शिक्षक संघ क्षेत्रीय सचिव एवं श्री बुद्ध भवानी मावि प्र.अ.रामचन्द्र खत्री,नेपाली काँग्रेसका खाँडादेवी गाउँपालिका स्तरिय स्थानिय नेता एवं कार्यकर्ताहरु सन्तोष खत्री,रामहरि खत्री,श्याम लामा,सहदेव बुढाथोकी,गोपाल श्रेष्ठ,शिवराज खत्री,ध्रुब श्रेष्ठ,चित्रबहादुर बस्नेत,सुस्मिता बस्नेत,गणेश श्रेष्ठ,सन्जीव मानन्धर,रबि कार्की,दलबहादुर तामाङ,लोकबहादुर घिसिङ,किशोर नेपाली,औंलात तामाङ,हरिचन्द्र पौंडेल,बिमल घिसिङ,नवराज तामाङ,दयाराज तामाङ,राजेन्द्र श्रेष्ठ लगायत गरि एक सय भन्दा बढी नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई खादा लगाएर स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नं.३ का अर्थमन्त्री कैलाश ढुंगेल,राष्ट्रिय युवा परिषद उपाध्यक्ष माधव ढुंगेल,नेकपा रामेछाप ईन्चार्ज देवशंकर पौंडेल लगायतका नेताहरु,कार्यकर्ताहरुको सहभागिता रहेका थिए।

प्रकाशित: समय: 10:17:29  879पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार