भट्टेडाँडा र माल्टाका बाढीपहिरो पीडितलाई राहत प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर । अबिरल वर्षातका कारण वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडाको तिनपाने भन्ज्याङ,झाँक्रीडाँडा,रातो माटेडाँडा,भैंसे र वाग्मती-२ माल्टाको पाहाखोला,ढुँगेपानीका बाढीपहिरो पीडितलाई राहत बुधबार प्रदान गरेका छन् ।

वाग्मती गाउँपालिका प्रबक्ता एवं वाग्मती-३ भट्टेडाँडाका वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन ,उपाध्यक्ष रन्जना घिमिरेले भट्टेडाँडाका १५ घर,माल्टाका १४ घर गरि २९ घरधुरी बाढीपहिरो पीडित हरुलाई चामल,त्रीपाल,ब्लाङ्केट ,दाल,क्रेटजाली राहतस्वरुप प्रदान गर्नु भएको छ ।

वाग्मती गाउँपालिका अध्यक्ष लोप्चनले आंशिक रुपमा बाढीपहिरोबाट पीडित भट्टेडाँडा,माल्टाका पीडितहरुलाई ब्लाङकेट,त्रीपाल,क्रेट समेत प्रदान गर्नु भएको वाग्मती गाउँपालिका प्रबक्ता एवं भट्टेडाँडाका वडाअध्यक्ष तिमल्सिनाले जनाएका छन् ।

बाढीपहिरोबाट पुर्ण क्षति र आंशिक क्षति भएका पीडित परिवारहरुलाई वाग्मती गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय ललितपुरको पहलमा नेपाल उद्योग वाणिज्य संघ ललितपुरको समन्वयमा राहतको व्यवस्थापन भएको वाग्मती गाउँपालिकाले जनाएको छ।

राहत प्रदान कार्यक्रममा वाग्मती-५ इकुडोल वडाअध्यक्ष साजन दर्लामी मगर,वाग्मती गाउँपालिका प्रेस संयोजक दीपक घिमिरे समीर लगायतका प्रतिनिधिहरु,स्थानिय वासिन्दाहरु ,बाढीपहिरोबाट पीडित वासिन्दाहरुको सहभागिता रहेको थियो।

तस्बिर :

दीपक घिमिरे समीर

प्रकाशित: समय: 23:24:04  1086पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार