जापानी मेयर र प्रदेश सांसद लक्ष्मण लम्साल मैत्रीपूर्ण भेटघाट छलफल


तामाङपेज संवाददाता,

टोकियो, जापान।

जापानी मेयर र प्रदेश  सांसद लक्ष्मण लम्साल बीच मैत्रीपूर्ण भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।  प्रदेश नं ३ काभ्रेको सांसद तथा नेकपा युवा नेता लक्ष्मण लम्साल र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामासंग औपचारिक भेटघाट बिशेष छलफल भएको हो। दुई नेताबीचको भेटमा संसाद लम्सालले जापानी मेयरलाई नेपालीको मायाको चिनो वीर गोरखाली प्रतीक नेपाली पहिचान ढाका टोपी लगाईदिनु भएको थियोे।

सांसद  लम्सालले नेपाल जापान सम्बन्ध धेरै पुरानो र गाढा रहेको र जापान सरकारले नेपालको हरेक कृयाकलापमा सहयोग गर्दै आउनु भएकोमा धन्यबाद दिदै निकट भबिष्यमा काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबिच भागिनी सम्बन्ध राख्ने बिषयमा प्रस्ताव राख्नु भयो र मेयर मुरायामाले गुन्माको आफ्नो शहरमा नेपाली धेरै रहेको र सुख दुखमा साथ दिइरहेको जानकारी गराउनु भयो। साथै निकट भबिष्यमा नेपाल गएर नेपालको जानकारी लिने र आइपर्ने कार्यमा सहकार्य गर्ने बाचा दिनु भएको छ।

प्रबासी नेपाली एकता मंच जापानका नेता हवल चन्द्र लामा र एनआरएनए गुन्माका निबर्तमान संयोजक महेश रिजालको बिशेष उपस्थितिमा भेटघाट कार्यक्रम सम्पन्न भएको थियोे।

प्रकाशित: समय: 18:47:06  906पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार