कोन्ज्योसोम गाउँपालिका विपत व्यवस्थापन अनुगमन समितिद्वारा बाढीपहिरोबाट क्षतिको विवरण संकलन सम्पन्न


श्याम तामाङ ,तामाङपेज ।

ललितपुर । गत असार २६ गतेदेखि लगातार परेको वर्षातको पानीले बाढीपहिरो जाँदा कोन्ज्योसोम गाउँपालिका भित्र मानविय क्षति नभएपनि बाटोघाटो,मोटरबाटो,स्थानिय वासिन्दाका घर जोखिम,आंशिकमा परेका छन् भने एक सामुदायिक विद्यालय भवन पुर्ण क्षति लगायत भएका छन् ।

कोन्ज्योसोम गाउँपालिकाले कोन्ज्योसोम गाउँपालिका वडा नं.३ दलचोकीका वडाअध्यक्ष तिलक लामाको संयोजकत्वमा कोन्ज्योसोम-१ चौंघरे वडाअध्यक्ष सन्तलाल लामा,कोन्ज्योसोम -४ नल्लु वडासदस्य नानिमैंया थिङ तामाङ ,पुर्वधारबाट प्राविधिक अशोक रोक्का, कृषिबाट प्राविधिक केशब भट्टराईलाई सदस्यमा र  पशु अधिकृत डा.सुरज गुरुङलाई सदस्य सचिव रहेको विपत व्यवस्थापन अनुगमन समिति गठन गरि श्रावण ८ गतेदेखि श्रावण १६ सम्म बाढीपहिरोबाट क्षतिको विवरण संकलन गरेको थियो ।

कोन्ज्योसोम गाउँपालिका वडाहरु १,२,३,४ र ५ नम्बर वडाका वडाअध्यक्षहरु क्रमश : सन्तलाल लामा,ध्रुव घिमिरे,तिलक लामा,तिर्थ लामा,सुरेन्द्र तामाङ,वडाका सदस्यहरु ,वडाका कर्मचारीहरु ,स्थानिय वासिन्दाहरुले बाढीपहिरोबाट क्षतिको विवरण संकलन गर्न ,अनुगमनको क्रममा सघाएको समितिका संयोजक एवं कोन्ज्योसोम -३ दलचोकीका वडाअध्यक्ष तिलक लामाले तामाङपेजसँगको कुराकानीको क्रममा जनाएका छन् ।

समितिले ९ दिन लगाएर गरेको विवरण संकलन तथा अनुगमनको क्रममा कोन्ज्योसोम गाउँपालिका भित्रका भकारीडाँडा-बुखेल-मानिखेलसम्मको मोटरबाटो,कोन्ज्योसोम प्रतिमा जाने मोटरबाटो अधिकांस स्थानमा पहिरो लडेर क्षति भएको,कोन्ज्योसोम -३ दलचोकी सिलिङ्गेमा रहेको बस्ती ,श्री ज्ञानज्योती आधारभुत विद्यालय भवन पुर्ण क्षति,ठोस्नेखोला यातयात आवातजावत गर्ने ठोस्नेखोला पुल पुर्ण क्षति,सुईरेखोला कलभट ९ मिटर ग्याविङको क्षति ,सुईरेटोलमा खेत,बारीमा क्षति भएको संयोजक लामाले जनाएको छ ।

कोन्ज्योसोम गाउँपालिकाले गठन गरेको विपत व्यवस्थापन अनुगमन समितिले अनुगमन तथा स्थलगत अध्ययनको क्रममा तयार पारेको प्रतिवेदन ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशिलाई केही दिन अघि बुझाएका छन् ।  प्रतिवेदन प्रजिअ जोशिलाई बुझाउने क्रममा कोन्ज्योसोम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महत ,समितिका प्रतिनिधिहरुको रोहवरमा बुझाएको समितिका संयोजक एवं कोन्ज्योसोम -३ दलचोकीका वडाअध्यक्ष तिलक लामाले बताएका छन् ।

समितिका संयोजक लामाले जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुझाएको प्रतिवेदनमा बाढीपहिरोकाकारण क्षतिको विवरणको प्रतिवेदनमा पुर्ण क्षति घर -४९ ,आंशिक क्षति घर -१२३ ,कुखुराको मृत्यु -१५ ,गोठ क्षति-३३, बालीनालिमा ५ सय १.५ रोपनीमा लगाएको बालीनाली नष्ट भएको जनाएको छ ।

 

 

प्रकाशित: समय: 17:30:53  845पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार