वेसिंशहरमा २५ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

लमजुङ। नेपाल आदिवासी जनजाति महासंघ लमजुङको आयोजनामा २५ औं विश्व आदिवासी दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम बुधबार वेसिंशहरमा गरेको छ ।

महासंघ लमजुङका जिल्ला अध्यक्ष हरिजंग तामाङले तामाङपेजसँग कुराकानी गर्नु हुँदै नेपाल आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा कपुर,तेजपत्ता,अशोक जातका १ सय वटा वोट बिरुवा रोपेर वृक्षारोपण गरेको र लमजुङ वेसिंशहरको क्याम्पसरोडदेखि मर्स्याङदीसम्मको बाटो आसपासमा सरसफाई समेत गरेको जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ लमजुङका जिल्ला अध्यक्ष हरिजंग तामाङले उक्त कार्यक्रममा वेसिंशहर नगरपालिका वडा नं.८ का वडाअध्यक्ष पवित्रा रानामगर, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका कोषाध्यक्ष आशा तामाङ,तमु विद्यार्थी संघका केन्द्रीय पुर्व अध्यक्ष दुधप्रसाद घले,नेवा दे दवु अध्यक्ष धर्मराज श्रेष्ठ ,नेपाल आदिवासी जनजाति महासंघ लमजुङका सचिव यमबहादुर रानामगर,पदाधिकारीहरु,नेपाल प्रहरी,शशस्त्र प्रहरी बल,ट्राफिक प्रहरी,पत्रकार,व्यवसायीहरु र दाजुभाई तथा दिदिबहिनिहरुको व्यापक सहभागिता रहेको जनाउनु भएको छ ।

 

 

प्रकाशित: समय: 15:55:59  517पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार