वाग्मती गाउँपालिकामा प्रथम त्रैंमासिक परीक्षा भाद्र ५ गते बिहान ११ बजेबाट शुरु गर्ने समितिका प्रतिनिधि थलप्रसाद तिमल्सिनाबाट जानकारी


श्याम तामाङ,तामाङपेज।

ललितपुर । वाग्मती गाउँपालिका स्तरीय परीक्षा समितीले वाग्मती गाउँपालिका स्तरीय शैक्षिक क्यालेन्डर अनुसार २०७६ असार २६ गतेबाट संचालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षा भिषण वर्षाको कारणबाट अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित भएकोमा परीक्षा समितीको श्रावण २१ गतेको निर्णयनुसार पत्रसंख्या ०७६/०७७ को चलानी नम्बर ०१ बमोजिम आउँदो भाद्र ५ गते बिहान ११ बजेबाट संचालन हुने भएकाले सूचनामा समितीले जारी गरेको कार्यतालिका अनुसार परीक्षा गर्न र गराउन सम्बन्धित सम्पुर्ण विद्यालयका प्र.अ.हरुलाई लिखित पत्रचार गरिएको वाग्मती गाउँपालिका स्तरीय परीक्षा समितीका प्रतिनिधि थलप्रसाद तिमल्सिनाले जनाउनु भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं समितीका प्रतिनिधि तिमल्सिनाले वाग्मती गाउँपालिकाभित्रका ईसिडीदेखि कक्षा १० सम्मको परीक्षा भाद्र ५ गते अङ्ग्रेजी,भाद्र ६ गते नेपाली,भाद्र ८ गते गणित,भाद्र ९ गते सामाजिक,भाद्र १० गते विज्ञान,भाद्र ११ गते सुनाई,बोलाई,भाद्र १२ गते ऎच्छिक विषय जस्तो: पेशा व्यवसाय,जनसंख्या र  भाद्र १३ गते क्म्प्युटर,लेखा,शिक्षा विषयहरुको विषयगत परीक्षा हुने र भाद्र ४ गते परीक्षा तयारी गर्न विद्यार्थीहरुलाई बिदा,भाद्र १५ गते कपी परीक्षणका लागि विद्यार्थीहरुलाई बिदा तथा भाद्र २० गते शुक्रबार प्रथम त्रैंमासिक परीक्षाको नतिजा सार्वजनिक गर्ने समेत जनाएका छन् ।

प्रकाशित: समय: 13:15:06  1027पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार