![](https://www.tamangpage.com/wp-content/uploads/2019/08/IMG_20190807_092538-1-719x450.jpg)
तामाङपेज संवाददाता ।
कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेलले वातावरणमैत्री झोला उपहार स्वरुप बुधबार प्रदान गरेका छन् ।
अभियानका संयोजका पौडेलले वेगनास युथ क्लबका अध्यक्ष रामबहादुर रानाभाट र राइजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङलाई पोखरा उपत्यका बृहत् सफाई अभियानको तर्फबाट प्रकाशन गरिएको वातावरण मैत्री झोला उपहार स्वरुप प्रदान गरेका हुन् ।
पोखरा उपत्यका बृहत् सफाइ अभियानले प्रकाशन गरेको झोलामा स्वच्छ वातावरणका लागि रुख,विरुवा संरक्षण गरौं,प्लाष्टिक झोला बहिष्कार गरौं र पोखरालाई सफा,सुन्दर र व्यवस्थित बनाऔं भन्ने खालका सन्देशमुलक नाराहरु लेखिएको छ ।
वेगनास युथ क्लबका अध्यक्ष रानाभाट वेगनास बृहत् सरसफाई अभियानका संयोजक र राइजिङ स्टार युथ क्लबका अध्यक्ष गुरुङ रिठेपानी बृहत् सरसफाई अभियानको संयोजकको रुपमा समेत क्रियाशिल रहेका छन् ।