गायक रुद्रसेन विश्वकर्माको मैत्रीपुर्ण गीत कलियुगके खेल दिवानी एल्बमको मैथिली खुशी युट्युव च्यानलबाट सार्वजनिक


श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।

धनुषा।  लामो समयदेखि गीत ,संगीतको क्षेत्रमा लागि पर्नु भएका चर्चित गायक रुद्रसेन विश्वकर्माको शब्द,स्वर र संगीत रहेको मैथिली भाषाको गीत कलियुगके खेल एल्बमबाट मंगलबार बिहान ६:३० बजे म्युजिक भिडियो मैथिली खुशी युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं चर्चित गायक रुद्रसेन विश्वकर्माले मंगलबार सार्वजनिक भएको गीतले दर्शक र श्रोताको माया पाउने विश्वास ब्यक्त गरेका छन् ।

उक्त म्युजिक भिडियोमा शब्द,स्वर र संगीत गायक रुद्रसेन विश्वकर्मा,कोरियोग्राफर तथा निर्देशन प्रदीपकुमार रसाईली,एरेन्जर विनय केटु,क्यामरा दीपक गिरी,मेकअप चाँदनी गिरी,सम्पादन अमृत चापागाईं,अभिनय समिता गिरी,सरोज यादव ,निर्माता निरकुमारी विश्वकर्मा(सविना) को रहेको र म्युजिक भिडियोको पोष्ट फोटो जनता डिजिटलले गरेको छ ।

चर्चित गायक रुद्रसेन विश्वकर्माको स्वरमा रहेको मैथिली गीत कलियुग के खेल को म्युजिक भिडियो हेर्नुहोस…….

 

प्रकाशित: समय: 7:54:31  683पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार