बडीखेलमा प्रदेश सभा सांसद पुन र गोदावरी नगर प्रमुख महर्जनद्वारा ५५ मिटर अग्लो तपेश्वर महादेवको मुर्ति शिलान्यास तथा वृक्षारोपण कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर ।  गोदावरी नगरपालिका वडा नं.४ बडीखेलमा प्रदेश सभाका सांसद लालकुमारी पुन शुशिला र गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनले धार्मिक विधि अनुरुप ५५ मिटर अग्लो तपेेेश्वर महादेवको मुर्ति शिलान्यास तथा वृक्षारोपण कार्यक्रम मंगलबार गर्नु भएको छ ।

गोदावरी नगरपालिका वडा नं. ४ बडीखेलका वडाअध्यक्ष मुकुन्द पहरीकानुसार बडीखेलमा धार्मिक पर्यटनको नगरी गोदावरी नगरपालिका बनाउने अभिप्रायले र बडीखेलका वासिन्दाको आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव स्थल बनाई आय आर्जनमा वृद्धि गर्ने उद्धेश्यले शिबको मुर्तिको शिलान्यास तथा वृक्षारोपण गरिएको जनाएका छन् । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुर जिल्ला कार्यालय सचिव पुरुषोत्तम आचार्य ,स्थानिय जनप्रतिनिधिहरु,स्थानिय महिला दिदिबहिनी तथा दाजुभाईहरु र सरोकारवालाहरुको उत्साहजनक सहभागिता रहेको वडाअध्यक्ष पहरीले बताए ।

 

 

 

 

 

प्रकाशित: समय: 23:49:57  1123पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार