संस्कृति मन्त्री भट्टराईबाट कृतज्ञता ब्यक्त, शुभकामना र बधाई दिनेक्रममा सार्वजनिक भएका केही तस्बिरहरुलाई अन्यथा नबुझिदिनुहुन मन्त्रीको आग्रह


तामाङपेज संवाददाता।

काठमाडौं । तत्कालिन नेकपा एमालेको ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएका हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य ,चर्चित युवा नेता योगेश भट्टराईले सोमबार सामाजिक सन्जालमार्फत आफुलाई नेपाल सरकारको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलि,नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेतृत्वहरुप्रती हार्दिक धन्यवाद सहित कृतज्ञता ब्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै प्रत्यक्ष भेटेर,फोन,फेशबुक,ट्वीटर,भाईबर,व्हाट्सप,वीच्याट ,म्यासेन्जर मार्फत आफुप्रती विश्वाश र भरोसा राखी शुभकामना एवं बधाई ज्ञापन गर्नुहुने शुभेच्छुक राजनितिक मित्रहरु एवं सम्पुर्ण महानुभावहरुमा अन्तरहृदयदेखी कृतज्ञता ब्यक्त गर्नु भएको छ ।

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो लागि कार्यसम्पादन गर्ने उर्जा पैदा भएको,शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्बिरहरुलाई लिएर आफुप्रती अन्यथा नबुझिदिनुहुन सम्पुर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 15:39:33  678पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार