गल्छीका विश्व साईकल यात्री युवक लोप्चनको असमायिक निधन ,गिनिज बुकमा नाम लेखाउने ईच्छा अपुरो नैं


तामाङपेज संवाददाता ।

धादिङ । गल्छी – ५ का स्थायी वासिन्दा युवक लोप्चनको असमायिक शनिबार राति निधन भएको छ । आफ्नै कोठामा लोप्चनले आत्महत्या गरेको रामेछापका चक्र घिसिङ तामाङले बताएका छन् ।

भगवान बुद्ध नेपालमा जन्मेको सन्देश बाहक टि सर्ट लगाएर एक खुट्टाले विश्व साईकल यात्रा गरि रहेका युवकले एक दर्जन भन्दा बढी देशको भ्रमण गरि सकेका थिए । केही वर्ष अघि यातयात दुर्घटनामा परि एउटा खुट्टा गुमाउनु परेका युवक लोप्चनले के कारणले आत्महत्या गरे सो को बारेमा जिल्ला प्रहरी कार्यालय धादिङले थप अनुसन्धान गरि रहेको प्रहरी श्रोतले जनाएको छ ।

विश्व साईकल यात्रा एक खुट्टाले गरेर गिनिज बुकमा विश्व कीर्तिमानमा नाम  राख्ने  ईच्छा युवकको निधनले भने अपुरो नै भएका छन् ।

प्रकाशित: समय: 9:10:07  1275पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार