दोरम्बाकी मृगौला पीडित उर्मिला तामाङलाई उज्यालो समाज नेपालद्वारा आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

भक्तपुर। विगत लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रामेछाप दोरम्बा गाउँपालिका वडा नं.७ की मृगौंला पीडित उर्मिला तामाङको उपचारका निमित्त उज्यालो समाज नेपालद्वारा  सोमबार भक्तपुरमा आर्थिक सहयोग प्रदान गरेका छन् ।

उज्यालो समाज नेपालका सदस्य एवं ललितपुर वाग्मती-१ घुसेलका सामाजिक अभियन्ता केदार बज्यु तामाङकानुसार मृगौला पीडित उर्मिलालाई उज्यालो समाज नेपालको पहलमा संकलन गरिएको आर्थिक सहयोग रु. ५२ हजार ५ सय ४५ रुपैयाँ सहयोग गरेको जनाउनु हुँदै उक्त आर्थिक सहयोग प्रदान कार्यक्रममा नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष सन्जिव वाईवा तामाङ,छोर्वाला काई रेडियो कार्यक्रमका कार्यक्रम संयोजक एवं संचारकर्मी सुदिन दोङ तामाङ,उज्यालो समाज नेपालका सदस्यहरु लगायतको सहभागिता रहेको जनाउनु भएको छ ।

 

प्रकाशित: समय: 19:50:11  759पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार