निर्वाचन आयोगले प्रतिनिधि,प्रदेश सभा तथा स्थानिय तहका रिक्त पदको उपनिर्वाचन आउँदो मंसिर १४ गते गर्ने


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं ।  निर्वाचन आयोगले आउँदो मंसिर १४ गते प्रतिनिधि ,प्रदेश सभा सदस्य र स्थानिय निकायमा रिक्त पदका लागि उपनिर्वाचन गर्ने भएको छ ।

मन्त्रीपरिषदले बिहीबार निर्वाचन आयोगको सिफारिसमा प्रतिनिधि सभा,प्रदेश सभा र स्थानिय तहका रिक्त पदका निमित्त मिति तोक्ने निर्णय पारित गरेका छन् ।

निर्वाचन आयोगले भने श्रावण १६ गतेसम्म संकलन भएको मतदाताहरुको सुचिकृत विवरणमा आएका मतदाताहरुलाई मात्र मतदान गर्ने प्रावधान गर्न,गराउन उपनिर्वाचन प्रयोजनका लागि आयोगमा मतदाताको विवरण पठाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई आईतबार लिखित पत्र पठाएर निर्देशन समेत दिएको जनाएको छ ।

प्रकाशित: समय: 10:49:23  563पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार