तामाङपेज संवाददाता ।
कास्की । पतन्जली योग समिति कास्कीको आयोजनामा आयुर्वेद आचार्य श्री महाराज बालकृष्णको शुभजन्मोत्सवको अवसरमा आईतबार पोखरास्थित शान्तिघाटमा वृक्षारोपण तथा हवन कार्यक्रम गरेको छ।
सामाजिक अभियन्ता खिमा गुरुङले तामाङपेजसँगको सम्पर्कमा आयुर्वेद आचार्य बालकृष्णको शुभजन्मोत्सवमा सेती नदिको किनारमा पतान्जली,वर,पिपल,तेजपत्ता,राजवृक्ष,रुद्राक्ष लगायतका ५० वटा बिरुवा रोपिएको श्री रामयोग केन्द्रका प्रशिक्षक लोकदर्शन कोईरालाले विरुवाको वृक्षारोपण तथा बोटविरुवाको महत्वबारे जानकारी गराउनु भएको जनाएका छन् ।
कास्कीका पतान्जली योग समितिका प्रमुख केदारनाथ अधिकारीले हवनमा प्रयोग गरिने जौं,तिल,कपुर,धुप,साल धुप जस्तो सामग्रीहरुको प्रयोग ,जलनले वायुमण्डललाई शुद्धिकरण,प्रत्येक मानवको मन,बिचारलाई शुद्ध गर्न मद्दत मिल्ने बताउनु भयो । पोखरा महानगरपालिका वडा नं.९ का वडाअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रामराज लामिछानेले पतान्जलीको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नु भएको र वडाभित्र ६ वटा योग केन्द्रहरु रहेको जनाएका छन् ।
उक्त कार्यक्रम पतन्जली महिला योग समिति कास्कीकी अध्यक्ष भावना श्रेष्ठले योग र साधनाबारे मन्तब्य ब्यक्त गरेकी थिईन। कार्यक्रममा उल्लेख्य रुपमा महानुभावहरुको सहभागिता रहेको थियो भने पोखरा महानगरपालिका वडा नं.९ का वडासचिव लोकदर्शन कोईरालाले योगबारेमा प्रकाश पार्नु भएको थियो ।
वृक्षारोपण तथा हवन कार्यक्रममा संचालन पतन्जली योग समिति कास्कीका महामन्त्री प्रकाश बास्तोलाले संचालन तथा कार्यक्रमको सभाअध्यक्षता पतन्जली योग समिति कास्कीका अध्यक्ष कृष्ण पौंडेलको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।