तामाङपेज संवाददाता ।
काठमाडौं । नेपाल तामाङ घेदुङ ,संघीय कार्य समिति,संघीय सचिवालय ,काठमाडौंले लोकसेवा आयोगले स्थानिय तह पदपूर्तिका लागि गरेको विज्ञापन नेपालको संविधान तथा मौंजुदा प्रचलित ऎन,कानुनले गरेको व्यवस्था विपरित भएको ठहर गर्दै घेदुङका संघीय महासचिव महितकुमार(घिसिङ) तामाङद्वारा शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको छ ।
घेदुङका संघीय महासचिव घिसिङद्वारा जारी प्रेस नोटमा श्रावण १७ देखि १९ गतेसम्म संचारकर्मीसँग भेटघाट,अन्तरक्रिया गर्ने,श्रावण २० देखि २३ गतेसम्म देशैभर आन्दोलनको कार्यविधि निर्माण गर्ने तथा सरोकारवालासँग अन्तरक्रिया,गोष्ठी गर्ने,श्रावण २१ गते मुखमा कालो पट्टी बाँध्ने तथा कालो झण्डा प्रदर्शन गर्ने,श्रावण २२ गते उल्टो जुलुस निकाल्ने,श्रावण २४ गते सांकेतिक आन्दोलन तथा विश्व आदिवासी दिवस मनाउने,श्रावण २६ गते सिंहदरबार,प्रदेश मुख्यमन्त्री कार्यालय,लोकसेवा कार्यालयहरुमा धर्ना र घेराउ गर्ने,श्रावण २८ र २९ गते प्रधानमन्त्री निवास बालुवाटार र प्रदेश मुख्य मन्त्रीको कार्यालय घेराउ गर्ने,श्रावण ३२ गते देशैभर लठ्ठी जुलुस ,लोकसेवाको परिक्षा विथोल्ने र लोकसेवा आयोगको परिक्षा संचालन जिल्लाहरुमा बन्दको आयोजना गर्ने जस्ता कार्यक्रमहरु घोषित भएका छन् ।
लोकसेवा आयोगले स्थानिय तह पदपूर्तिका लागि माग गरेको विज्ञापनका विरुद्ध चरणवद्ध ,निरन्तर आन्दोलन जेष्ठ १५ गतेदेखिनैं भइ रहेको छ ।