गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २२ औं शृङ्खला सम्पन्न


ललितपुर । स्थानिय महिला,बालबालिकाहरुको पहलमा गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ताहरुको सक्रियतामा महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी प्रमुख एवं ईनिष्पेक्टर श्याम कटवाल ,गोदावरी नगरपालिका -२ महिला वडा सदस्य लक्ष्मिदेवी सिलवाल,रचनाटार युथ क्लब अध्यक्ष रामचन्द्र पुरी,मुक्तिनाथ विकास बैंककी रिता घिमिरे,सामाजिकअभियन्ता श्यामसुन्दर तिमल्सिना,विभिन क्षेत्रका सरसफाई अभियन्ताहरु,गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापा ,गोदावरीखोला क्षेत्र सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी,क्लबका पदाधिकारीहरु,महिला स्वास्थ्य स्वयंसेवीकाहरु,स्थानिय दाजुभाई तथा दिदिबहिनीहरु ,अन्य स्थानका वासिन्दाहरुको सहभागितामा आईतबार गोदावरीखोला क्षेत्रको टुपिखेल,रचनाटार पुलमा गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २२ औं शृङ्खला सम्पन्न भएको छ।

गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी अभियन्ता चेतन कार्कीले तामाङपेजसँग कुराकानी गर्नुहुँदै आईतबारको अभियानमा गोदावरीखोला क्षेत्र सरसफाईका मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापाको संयोजकत्वमा अभियन्ताहरु नारायणी पाण्डे,कुन्ता थापाले संचालन गर्नु भएको बताएकी छिन् ।

अभियन्ता कार्कीले अभियानका लागि समाजसेवी कुन्दन राईले डोको,पन्जा,अभियन्ता एन.बी.लिम्बुले माक्स,पन्जा र ठैंवका स्थानिय समाजसेवी कबिराज श्रेष्ठले १० थान डोको प्रदान गर्नु भएको जनाउनु भएको छ ।

 

 

 

 

 

प्रकाशित: समय: 22:36:42  630पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार