सरापे र मुईयाको तीज गीत ‘माइत जाम’ सार्वजनिक


राजाराम गौतम, तामाङपेज ।

काभ्रे ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ ।
लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ । गीतमा अभिनय भने चर्चित हास्य पात्र यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो हेर्न तलको लिंकमा जानुहोस ।

प्रकाशित: समय: 19:32:52  718पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार