सुन्दर वस्ती काठमाडौं शहर पुर्खाको पालामा
धान फल्ने खेतमा घर फल्न थाल्यो आयो यो हालमा।।
मान्छेको कारण कुरुप भयो यो वस्ती
पहिलेको झैं यसलाई सुन्दर पार्ने जन्मेनन् कोहि हस्ती।।
कन्चन जल कलकल बग्थ्यो यहाँको खोलामा
मिसाई ढल दुसित पारे फोहोर फाली झोलामा।।
धर्तीलाई टुक्राई चिरा/चिरा पारे प्लटिङको नाउँमा
यसैको नाउँमा मौंलाए दलाल शहर र गाउँ-गाउँमा।।
देशको विकास हुँदैन हजुर अहिलेको पाराले
एकजुट बनि उठौंन सबैं एउटै नाराले ।।