राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरको अध्यक्षमा मिठ्ठाराम केसिसहित पदाधिकारीहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । संस्कृति विनाको समाज अधुरो,संस्कार विनाको कलाकार अपुरो भन्ने मुल नाराकासाथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरको दोश्रो जिल्ला अधिवेशन तथा तेश्रो साधारण सभा लगनखेलस्थित साझा पाटी प्यालेसको सभा हलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक नवराज संजेलकानुसार प्रतिष्ठानको विधानमा २५ सदस्यीय जिल्ला कार्यसमिति रहने प्रावधान भएपनि निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठकबाट द्धितिय उपाध्यक्ष -१ र कार्यसमितिको सदस्यमा ४ जना मनोनीत जिल्ला सदस्य राख्ने गरि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरको अध्यक्षमा मिठ्ठाराम केसिको अध्यक्षतामा २० सदस्यीय जिल्ला कार्य समिति ललितपुर रहने निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानको  प्रथम उपाध्यक्ष ज्ञानबहादुर खड्का,महिला उपाध्यक्ष शशि पुन देशार,सचिव बिदुर घिमिरे,सहसचिव नवीन नगरकोटी,कोषाध्यक्ष रामशरण महत,सहकोषाध्यक्ष बिनोद कुँवर रहनु भएको छ ।

अन्य कार्यसमितिका सदस्यहरु : राजेन्द्र खड्का ,दिपक बजगाई (कैलाश),सन्तोष दहाल,उदयराज दहाल,सानुभाई कुँवर,दिनेश खड्का,आर.बी.शर्मा,आरती उप्रेती,चम्पा कार्की,लक्ष्मी पुरी,सीता नेपाली र गोविन्दप्रसाद घिमिरे रहेका छन् ।

प्रतिष्ठानको स्थापना भएको करिब डेढ दशक बितेको छ । सम्पन्न दोश्रो जिल्ला अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभामा प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो।

तस्बिर :

सन्तोष दहाल

 

 

प्रकाशित: समय: 23:13:36  870पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार