गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २२ औं शृङ्खला श्रावण १९ गते टुपिखेल पुलमा हुँदै


तामाङपेज संवाददाता ।

ललितपुर । राष्ट्रका लागि हप्तामा एक घण्टा स्वयम् सेवा भन्ने मुलनारा र महिला तथा बालबालिकाहरुको पहलमा प्रत्येक साताको आईतबार बिहान १० देखि ११ बजेसम्म नियमित हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २२ औं शृङ्खला भोलि आईतबार बिहान १० बजे गोदावरीखोला टुपिखेलपुल,रचनाटार,नयाँबाटोमा गर्ने भएको छ । अभियानकी मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापाले यो पल्ट ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं.२ विशंखुनारायण वडा कार्यालयका वडाअध्यक्ष देबेन्द्रकुमार बस्नेतद्वारा वडा कार्यालयले सार्वजनिक सुचना जारी गरि सरसफाई अभियानमा सहभागी हुन अनुरोध गरेको पत्रले अभियानलाई थप हौंसला मिलेको हरेक सरसफाई अभियानमा स्थानिय वासिन्दा र स्थानिय सरकार,स्थानिय सरोकारवालाहरुको चासो भएमा सरसफाई अभियानले फड्को मार्ने बताईन।

अभियानकी संयोजक थापाले भोलि हुन गैइरहेको गोदावरीखोला क्षेत्र सरसफाई अभियानमा सहभागी भइ दिनुहुन नियमित सरसफाई अभियन्ताहरु ,स्थानिय सरकारका सरकार प्रमुख तथा वडाका जनप्रतिनिधिहरु,संघसंस्थाका प्रमुखहरु,नेपाल प्रहरी, स्थानिय वित्तिय बैंक तथा अन्य वित्तिय संस्थाहरु,महिला दिदिबहिनी ,दाजुभाईहरु ,स्थानिय वासिन्दाहरुलाई उपस्थितको लागि अनुरोध गर्नु भएको छ ।

प्रकाशित: समय: 17:52:25  493पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार