बाढीपहिरो पीडित कालेश्वरका राजनप्रसाद बन्जारालाई बन्जाडे समाज ललितपुरको आर्थिक सहयोग


तामाङपेज संवाददाता ।

ललितपुर । अविरल वर्षातका कारण असार २७ गते परेको पानीले महाँकाल गाउँपालिका वडा नं.४ कालेश्वरका राजनप्रसाद बन्जाराको घर,गोठ पुर्ण रुपमा क्षति भएर वसोवासमा समस्या भएपछि बन्जारा तथा बन्जाडे समाज नेपालबाट रु.१० हजार र बन्जारा तथा बन्जाडे समाज ललितपुरका सदस्यहरुबाट संकलन गरिएको रु.३३ हजार ६ सय गरि जम्मा रु.४६ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग बन्जारा तथा बन्जाडे समाज नेपाल ललितपुरका जिल्ला अध्यक्ष उद्धवप्रसाद बन्जाराले शनिबार प्रदान गरेका छन् ।

महाँकाल-१ बुखेलका युवा सामाजिक अभियन्ता सन्तोष बन्जाराले तामाङपेजसँग कुराकानी गर्नु हुँदै बाढीपहिरो पीडित कालेश्वरका राजनप्रसाद बन्जारालाई बन्जारा तथा बन्जाडे समाज नेपालको तर्फबाट संस्थागत रुपमा आर्थिक सहयोग प्रदान गरेको र राजनप्रसाद बन्जारा ,बन्जारा तथा बन्जाडे समाज नेपाल ललितपुरको जिल्ला सचिव रहेको समेत जनाउनु भएको छ ।

प्रकाशित: समय: 17:09:40  777पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार