पोखरा उपत्यका बृहत् सफाई अभियानको १६६ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । हप्तामा एक घण्टा राष्ट्रको लागि स्वयम् सेवा भन्ने मुल नाराकासाथ पोखरा उपत्यका बृहत् सफाई अभियानको शनिबार १६६ औं शृङ्खला भएको छ।

अभियानका संयोजक रामबहादुर पौंडेलकानुसार प्रत्येक शनिबार नियमित रुपमा संचालन हुँदै आएको अभियानमा सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी,शशस्त्र प्रहरी बल,शिवालय आमा समूह,श्री सरस्वती आवासिय विद्यालय,मुक्तिनाथ विकास बैंक,गण्डकी विकास बैंक ,स्थानिय जनप्रतिनिधि ,संघसंस्थाका प्रतिनिधिहरु,महिला स्वास्थ्य स्वयम् सेविका,शिक्षक,शिक्षिका ,विद्यार्थीहरु र स्थानिय वासिन्दाहरुको सहभागितामा पोखरा महानगरपालिका वडा नं.८ शिवालय चोकमा सरसफाई अभियान सम्पन्न भएको जनाएका छन् ।

पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक पौंडेलले पोखरा महानगरपालिका वडा नं.८ शिवालयका वडाअध्यक्ष रुद्रनाथ बरालले वडाको शिवालयचोक,शिवालयपार्क र आसपासका क्षेत्रहरुलाई सफा,सुन्दर एवं वातावरण मैंत्री बनाउन प्रतिबद्धता पत्रमा जेष्ठ ३० गते लिखित हस्ताक्षर गरेको समेत बताउनु भएको छ ।

 

 

प्रकाशित: समय: 16:10:47  858पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार