लायन्स क्लब पोखरा भृकुटीको चौंथो स्थापना दिवस,रक्तदान तथा स्मारिका विमोचन कार्यक्रम


तामाङपेज संवाददाता ।

कास्की । लायन्स क्लब पोखरा भृकुटीको शुक्रबार चिप्लेढुंगा,पोखरामा चौंथो स्थापना दिवस तथा रक्तदान कार्यक्रम डिपार्टमेन्ट चिफ शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्यमा भएको छ ।

 

लायन्स क्लब पोखरा भृकुटीकी निवर्तमान अध्यक्ष खिमा गुरुङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै प्रमुख अतिथि एवं डिपार्टमेन्ट चिफ भट्टराईले रक्तदान गर्नुहुने ५७ जना रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको जनाएकी छिन् ।

रक्तदान कार्यक्रममा लायन्स क्लब -२४ प्रमुख शिवराम आचार्य,शान्तिदीप अभियान नेपाल आकस्मिक रक्तदान युनिट व्यवस्थापक हरिश्चन्द्र शर्मा,नेपाल स्वयम् सेवी रक्तदान समाज कास्की अध्यक्ष जितेन्द्रमान शाक्य , रिजन-५० का चियर पर्सन शुशिला कोईराला,को-रिजन चियर पर्सन चन्द्रविक्रम अधिकारी,लायन्स क्लब अफ पोखरा भिलेज अध्यक्ष शोभाकान्त पौंडेल,सामाजिक अभियन्ता ईन्द्रकमल मानन्धर,नेपाल प्रहरी,रक्तदाता महानुभावहरुको सहभागीता रहेको थियो ।

रक्तदान कार्यक्रममा सहसंयोजक गौंरी कोईरालाले स्वागत मन्तब्य ,कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा सचिव सम्झना रानाभाटले गरेकी थिईन।

रक्तदान कार्यक्रम लायन्स क्लब पोखरा भृकुटीकी अध्यक्ष दुर्गा अधिकारीको सभाअध्यक्षतामा सम्पन्न उक्त रक्तदान कार्यक्रम रक्त संचार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको थियो भने क्लबले चौंथो स्थापना दिवसको अवसरमा आयोजित स्मारिका विमोचन समारोहमा डिष्टिक चिफ एडभाईजर सुचित्रा थापाले एक भब्य समारोहकाबीच क्लबको गतिविधि लगायत विविध पक्षमा लेखिएको स्मारिकाको विमोचन गर्नु भएको थियो ।

स्मारिका विमोचन समारोहको संचालन क्लबकी सहसचिव लक्ष्मी पाण्डे ,स्वागत मन्तब्य भने कार्यक्रम संयोजक शोभा पौंडेलले गर्नु भएको हो । क्लबका संस्थापक अध्यक्ष एवं जोन-१०६ की चियर पर्सन पुष्पकुमारी आचार्यले धन्यवाद ब्यक्त गरेकी थिईन।

स्मारिका विमोचन समारोहमा डिष्टीक एडभाईजर उर्मिला श्रेष्ठ ,क्लबका पदाधिकारीहरु,सदस्यहरु ,अन्य महानुभावहरुको व्यापक सहभागिता रहेको उक्त रक्तदान तथा स्मारिका विमोचन कार्यक्रम लायन्स क्लब पोखरा भृकुटीकी अध्यक्ष दुर्गा अधिकारीको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।

तस्बिर :

महेन्द्र गुरुङ

 

 

 

 

 

 

 

प्रकाशित: समय: 13:44:18  803पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार