समाज एक्काईसौं शताब्दीमा
झुटपनि बोल्नु पर्दो रहेछ
सत्यपनि लुकाउनु पर्दो रहेछ
जिन्दगी जिउनको लागि यहाँ
हरेक बाटो अपनाउनु पर्दो रहेछ
सोझा सिधा- साधा ईमान्दार मान्छेले
जिउन कहाँ सक्दो रहेछ यहाँ
कहिले काहीँ खराब पनि बन्नु पर्दो रहेछ यहाँ
अथाह दु:ख पीडा चोटहरु लुकाएर
मुस्कुराउनु पर्दो रहेछ यहाँ ।।