भिरपानी वडा कार्यालयमा बम बिष्फोट ,वडाकार्यालय पुर्ण रुपमा क्षति भएको गाउँपालिका अध्यक्ष प्रेम तामाङद्वारा जानकारी


तामाङपेज संवाददाता ।

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं.३ भिरपानी वडा कार्यालयमा गएराति अन्दाजी रातको २ बजेतिर सिलिण्डर बम विस्फोट हुँदा कार्यालय पुर्ण रुपमा क्षति भएको छ ।

गाउँपालिका अध्यक्ष प्रेम तामाङ,वडाअध्यक्ष पुष्करकुमार कार्की,वडासदस्यहरु राजेश कार्की,सानुकान्छी खड्का,नेता दिलबहादुर श्रेष्ठ ,नेपाली काङ्ग्रेसका नेता टेकबहादुर श्रेष्ठ ,चोप्राङ प्रहरी प्रमुख चन्द्र श्रेष्ठ ,प्रहरी चौकी सित्खाबाट खटिएको प्रहरी ,स्थानिय वासिन्दाहरु घटनास्थल पुगेको जनाएका छन् ।

खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले घटना जो कोहिले गरेको ,गराएको भएपनि घटनाको निन्दा गरेका छन् ।  गाउँपालिका अध्यक्ष तामाङले भिरपानी वडा कार्यालय पुर्णरुपमा क्षति भएको जनाए ।

घटना घटेको घण्टौं बित्दापनि घटनाको कोहि कसैले जिम्मा लिएको छैन ।

तस्बिर :

खाँडादेवी गाउँपालिका ।

 

 

 

प्रकाशित: समय: 10:44:55  812पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार