चौंघरेमा विश्व स्तनपान सप्ताह कार्यक्रम


तामाङपेज संवाददाता ।

ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौंघरेमा सिडिओ नेपाल संस्थाको सहयोगमा शुक्रबार विश्व स्तनपान सप्ताह कार्यक्रमको आयोजना गरेको छ ।

चौंघरेका गर्भवती महिलाहरुलाई विभिन्न सामग्री प्रदान ,आमाले आफ्नो बच्चा ,बच्चीलाई आमाको दूध खुवाउँदा हुने फाईदा लगायतका सवालमा वडाअध्यक्ष सन्तलाल लामा ,सिडिओ नेपालका कार्यक्रम संयोजक राममाया वाईवा तामाङ,कोन्ज्योसोम गाउँपालिका स्वास्थ्य संयोजक नबलकिशोर महत्तो,वडाका जनप्रतिनिधिहरु,महिला स्वास्थ्य स्वयंसेविकाहरु,महिला दिदिबहिनीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको स्थानिय सामाजिक अभियन्ता एल.कुमार तामाङले तामाङपेजसँगको कुराकानीमा बताएका छन् ।

प्रकाशित: समय: 9:03:27  505पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार