बौंद्ध बचाउँ संघर्ष समितिको आन्दोलन बौंद्धमा विरोध र धर्ना जारी


श्याम ङेसुर तामाङ,तामाङपेज ।

काठमाडौं । श्री बौंद्ध घ्याङ गुठीका पुजारी तथा चिनियाँ लामा भुपतिबज्र लामालाई अबिलम्ब बर्खास्त गर्न या राजिनामा दिन विगत डेढ महिनादेखि बौंद्ध बचाउँ संघर्ष समिति बौंद्धले आयोजना गर्दै आएको विरोध तथा धर्ना कार्यक्रम शुक्रबार पनि बौंद्धमा जारी रह्यो ।

समितिका संयोजक एवं श्री बौंद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले गुठीका पुजारी चिनियाँ लामाको अबिलम्ब बर्खास्तको लागि गुरु ल्हाखाङ गुम्बामा धर्ना ,बौंद्ध परिसर जुलुस सहित परिक्रमा गरिएको र आन्दोलनमा बौंद्धका स्थानिय बुद्धिजीवी ,खेलाडी,व्यापारी,नागरिक समाज,लामागुरुहरु,विभिन्न संघसंस्थाका पदाधिकारीहरु,महिला दिदिबहिनीहरु ,अन्य स्थानका विभिन्न तपतहका महानुभावहरुको सहभागिता रहेको जनाएका छन् ।

श्री बौंद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष एवं बौंद्ध बचाउँ संघर्ष समितिका सचिव तथा प्रबक्ता सम्पुर्णकुमार लामाले जबसम्म गुठीका पुजारी एवं चिनियाँ लामा भुपतिबज्र लामालाई बर्खास्त गरिदैंन तबसम्म आन्दोलन जारी रहने जनाए ।

तस्बिर :

अमित लामा

प्रकाशित: समय: 8:44:41  726पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार