राष्ट्रिय सहकारी बैंकले श्रावण १९ गते देशैभर गोष्ठी गर्ने अध्यक्ष के.बी.उप्रेतीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिद्वारा जानकारी


श्याम तामाङ ,तामाङपेज ।

काठमाडौं । सम्पुर्ण सहकारी संघ,संस्थाहरुको प्रबर्द्धन ,विकास एवं वित्तिय आवस्यकतालाई पूरा गरि ती संघ,संस्थाहरुलाई बैकिङ सेवामा पहुँच दिन तथा अन्य वित्तिय सेवा सुविधाहरु उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पुर्याउने महान उद्धेश्यले विं.सं.२०६० असार २५ गते दर्ता भएको देश भरिको सहकारीहरुको एकमात्र बैक राष्ट्रिय सहकारी बैंक हो । सो राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष के.बी.उप्रेतीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

बैंकका अध्यक्ष उप्रेतीद्वारा जारी विज्ञप्तिमा बैंकको असार २५ गते स्थापना भएको दिन र श्रावण १९ गते बैंकले कारोवार शुभारम्भ गरेको दिनको सम्झनामा यो पल्ट श्रावण १९ गते देशैभर एक्कै दिन देशभरका ४४ वटै शाखा कार्यालयमा स्थापना दिवस मनाउने र यस वर्ष “सहकारीका लागि विद्यमान कानुन: चुनौती विषयक गोष्ठी” गर्न,गराउन प्रेस विज्ञप्तिमार्फत अनुरोध समेत गरेको छ ।

प्रकाशित: समय: 0:27:16  524पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार