बौंद्धमा “गाईजात्रा तथा रोपाइँजात्रा मनाउन मुल समारोह समिति”गठन


तामाङपेज संवाददाता ।

काठमाडौं । ऎतिहासिक साँस्कृतिक ,धार्मिक,पौंराणिक महत्व बोकेको विशेष गरि उपत्यकामा प्रचलित गाईजात्रा तथा रोपाइँजात्रा मनाउन शुक्रबार श्री बौंद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा आयोजित भेलाले गाई जात्रा तथा रोपाइँ जात्रा भब्यरुपमा मनाउनको लागि मुल समारोह समितिको गठन गरेको छ ।

श्री बौंद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष ,बुद्धिजीवी एवं सामाजिक अभियन्ता सम्पुर्णकुमार लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै गाई जात्रा तथा रोपाइँ जात्रालाई भब्य रुपमा मनाउन श्री बौंद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको संयोजकत्वमा गाईजात्रा तथा रोपाइँजात्रा मुल समारोह समिति गठन गरिएको ,सो समिति अन्तर्गत कला प्रस्तुत गर्ने उत्कृष्ट कलाकारहरुलाई पुरस्कृत गर्न सामुदायिक सेवा समिति बौंद्धका अध्यक्ष एवं पत्रकार वीरबहादुर वाईवा तामाङलाई निर्णायक मण्डलको भुमिका ,स्थानिय क्लब,संघसंस्थाहरुलाई स्वयंसेवक ,बुद्धिजीवी एवं समाजसेवीहरुलाई अनुगमन तथा खाजाको बन्दोबस्तको निमित्त श्री बौंद्ध तामाङ कल्याण गुठीलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जनाएका छन् ।

श्री बौंद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त भेलामा प्रदेश नं.३ का प्रदेश सांसद छिरिङदोर्जे लामा,काठमाडौं महानगरपालिका वडा नं.६ बौंद्धका वडाअध्यक्ष दीपेन्द्र लामा,लुम्बिनी विकास कोषका पुर्वउपाध्यक्ष गजेन्द्रकुमार लामा,समाजसेवी रत्नबज्र लामा ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानिय दाजुभाई,दिदिबहिनी र सरोकारवालाहरुको व्यापक सहभागिता रहेको थियो।

यस वर्ष गाईजात्रा श्रावण ३१ गते शुक्रबार परेको छ भने सो दिन नेपाल सरकारले उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

तस्बिर :

चन्द्रजीत मोक्तान तामाङ

 

 

प्रकाशित: समय: 23:50:12  749पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार