बाढीपहिरोले अवरुद्ध ठुलादुर्लुङको यातयात २४ दिनपछि संचालन भएको वडाअध्यक्ष आचार्यद्वारा जानकारी


ललितपुर । दक्षिण ललितपुरको अन्तिम वडा ,हाल महाँकाल गाउँपालिका वडा नं.६ मा पर्ने ठुलादुर्लुङमा वर्षातका कारण परेको पानीले गर्दा गएको बाढीपहिरोले अवरुद्ध यातयात २४ दिनपछि शुक्रबारदेखि संचालन भएको जनाएका छन् ।

महाँकाल – ६ ठुलादुर्लुङका वडाअध्यक्ष एवं स्थानिय वासिन्दा रामकृष्ण आचार्यले बाढीपहिरोका कारण अवरुद्ध यातयात संचालन भएको र लेले – चन्दनपुर कालेश्वर ससिवाभन्ज्याङ ठुलादुर्लुङ हुँदै खैरेखोला हुँदै वाग्मती गाउँपालिकाको वडा नं.७ गिम्दिस्थित कटुवासम्ममा वर्षातको पानी नपरेको खण्डमा आईतबार साँझसम्म बाढीपहिरोले अवरुद्ध यातयात संचालन हुने कुरा जनाउनु भएको छ ।

 

 

प्रकाशित: समय: 23:18:39  480पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार