तामाङपेज संवाददाता ।
धनुषा । सामाजिक उत्तर दायित्व अन्तर्गत गरिब,निमुखा तथा विपन्नहरुलाई सहयोग गर्दै आईरहेको क्लोथ बैंक धनुषालाई एक समाजसेवी युवाले शुक्रबार कपडा सहयोग स्वरुप प्रदान गरेका छन् ।
सामाजिक अभियन्ता एवं जनकपुर सरसफाई अभियानकी संयोजक रुबीकुमारी झाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै विभिन्न मौसममा लगाउन मिल्ने १ सय थान विभिन्न किसिमका कपडा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का युवा समाजसेवी राहुल मिश्रले क्लोथ बैंक धनुषाका अध्यक्ष राजिव मिश्रलाई प्रदान गरेको जानकारी दिएकी छिन् ।