बाल गायिका प्रीति तामाङको “आमाको काख” म्युजिक भिडियो सार्वजनिक


श्याम तामाङ,तामाङपेज ।

काठमाडौं । नेपाली गीत,संगितको क्षेत्रमा बाल गायक,गायिकाहरु गायनको विधामा देखा पर्न थालेका छन् । यस्तै सेरोफेरोमा केही दिन अघिदेखि युट्युव च्यानलमा भाईरल भएका हुन् – बाल गायिका प्रीति तामाङ ।

तिनै बाल गायिकाले सुमधुर स्वरले सजाएको आमाको काख नामक गीतको म्युजिक भिडियोमा स्वर प्रीति तामाङ,शब्द प्रकाश योन्जन,संगित विशाल योन्जन,एरेन्जर जोगलाल लामा,मिक्सिङ मनोज परियार,सम्पादन सानुबाबु घिसिङको रहेको छ ।

उक्त म्युजिक भिडियो सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको हो । केहीदिन अघि मात्र युट्युव च्यानलमार्फत सार्वजिक गरिएको बालगायिका प्रीति तामाङले गाएकी आमाको काखले छोटो समयमा नैं दर्शक,श्रोताको मन जित्न सफल भएको छ ।

बाल गायिका प्रीति तामाङको पहिलो कोशेलि आमाको काखको
म्युजिक भिडियो हेर्नुहोस…….

प्रकाशित: समय: 18:54:52  1787पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार