विपदको क्षति संकलन तथा मुल्यांकन समितिले महाँकाल गाउँपालिका समक्ष प्रतिवेदन बुझायो


तामाङपेज संवाददाता ।

ललितपुर ।  अविरल वर्षातका कारण बाढीपहिरोले क्षतिग्रस्त विवरणको संकलन तथा मुल्यांकन समितिका संयोजक रामचन्द्र खतिवडाले समितिले तयार गरेको प्रतिवेदन महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल समक्ष बिहिबार बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै समितिका संयोजक एवं ईलाका प्रशासन कार्यालय गोटिखेलका प्रशासन प्रमुख खतिवडाले महाँकाल गाउँपालिका भित्र बाढीपहिरोले मानवीय क्षति-३,पुर्ण घर धुरिसंख्या-२६,आंशिक घरधुरी संख्या-४९,गोठ,खोर क्षति संख्या-३०,गोठ आंशिक संख्या-३१,अति जोखिम घर संख्या-२,पाढा,भैंसी मृत्यु संख्या-९,गाई मृत्यु संख्या-२,खसी,बोका,बाख्रा मृत्यु संख्या-१४,कुखुरा मृत्यु संख्या -६,०१९ रहेको जोखिमयुक्त घरको एकिन गर्ने नसक्ने जनाएका छन् ।

प्रतिवेदन बुझाएपछि संयोजक खतिवडाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै श्रावण ३ गतेदेखि श्रावण ८ गतेसम्ममा महाँकाल गाउँपालिका भित्रका वडाहरु : १,२,३,४,५ र ६ वडाका क्रमश:बुखेल,मानिखेल,गोटिखेल,कालेश्वर,चन्दनपुर र ठुलादुर्लुङ विवरण संकलन सकेर प्रतिवेदन तयार गरेको जनाए।

महाँकाल गाउँपालिकाले ईलाका प्रशासन,टुंगुन ईलाका प्रहरी कार्यालय,महाँकाल गाउँपालिका,पशु,नेपाल रेडक्रस सोसाईटी,राष्ट्रिय पुननिर्माण प्राधिकरण लगायतका निकायहरुको सहकार्यमा समिति गठन गरेको हो।

तस्बिर :

रामचन्द्र ढकाल

प्रकाशित: समय: 23:06:15  470पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार