सामाजिक अभियन्ता सिर्जना सिलवालद्वारा हस्तकला महासंघ नेपालका पदाधिकारीबीच विशेष छलफल सम्पन्न


तामाङपेज संवाददाता ।

काठमाडौं । सामाजिक अभियन्ता एवं ललितपुर क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालको धर्मपत्नी सिर्जना सिलवालको पहलमा हस्तकला महासंघ नेपालका पदाधिकारीबीच ललितपुरको क्षेत्र नं १ का युवा ,महिला दिदिबहिनी ,दाजुभाईहरुलाई कसरी स्वरोजगारको वातावरण बनाउन सकिन्छ भन्ने उद्धेश्यले विशेष छलफल हस्तकला महासंघ नेपालको सभा हल थापाथलीमा बिहिबार सम्पन्न भएको छ ।

सामाजिक अभियन्ता सिलवाल र हस्तकला महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य,उपाध्यक्ष सुनिल चित्रकार,महाप्रबन्धक श्रीकृष्ण पौंडेल,हस्तकला महासंघ नेपालका पुर्व अध्यक्ष एवं सल्लाहकार विकास साख्वाबीच भएको विशेष छलफलले स्वरोजगार दिलाउने  र हस्तकला सम्बन्धि कार्य गर्ने सवालमा विशेष छलफल केन्द्रीत रहेको सांसद सिलवालका स्वकीय सचिव राजेन्द्र न्यौपानेले तामाङपेजसँगको कुराकानीमा बताएका छन् ।

 

प्रकाशित: समय: 19:34:53  1023पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार