नेपाल निर्माण व्यवसायी संघ संखुवासभाको १३ औं साधारण सभा सम्पन्न ,अध्यक्षमा कुलबहादुर श्रेष्ठसहित पदाधिकारी निर्वाचित


तामाङपेज संवाददाता ।

संखुवासभा । नेपाल निर्माण व्यवसायी संघ संखुवासभाको १३ औं साधारण सभा तथा जिल्ला अधिवेशन बुधबार खाँदबारी नगरपालिकाको सभा हलमा जिल्ला समन्वय समिति संखुवासभाका सभापति सुमन शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सम्पन्न साधारण सभा तथा अधिवेशनले नेपाल निर्माण व्यवसायी संघ संखुवासभाको अध्यक्षमा कुलबहादुर श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष दीपेन्द्र कार्की,उपाध्यक्ष सन्तोष राई,महासचिव मिगुर शेर्पा,सचिव शान्त थापा बुढाथोकी,कोषाध्यक्ष सुवर्ण शाक्य ,सहकोषाध्यक्ष हरिबहादुर जोशि निर्वाचित हुनु भएको छ ।

संघको सदस्यहरुमा क्रमशः अनिरुद्र सिंह लिखा,पासाङ शेर्पा,हिरण्यप्रसाद दहाल,फुर्वा शेर्पा,घमानसिंह राई,टकमान घले,चन्द्रबहादुर राई,धनकुमार लिम्बु,केशबलाल शाक्य,सुमन श्रेष्ठ,संगिता लामा,लाखबहादुर पौंडेल,कोपिला श्रेष्ठ,रोषण रोक्का,किरणबाबु उदास निर्वाचित भएका छन् ।

नेपाल निर्माण व्यवसायी संघ संखुवासभाको सम्पन्न साधारण सभा तथा अधिवेशन समारोहमा चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा,चेम्बर अफ कमर्स संखुवासभा अध्यक्ष सुमन श्रेष्ठ,नेपाल निर्माण व्यवसायी संघ केन्द्रीय सदस्य बबिता कटुवा ,नेपाल उद्योग वाणिज्य संघ संखुवासभा प्रथम उपाध्यक्ष किस्नभगत प्रधान ,नेपाल रेडक्रस सोसाईटी संखुवासभा सभापति सरोजकुमार बज्राचार्य लगायतका विशिष्ट व्यक्तित्वहरु ,संघका सदस्यहरु र अन्य महानुभावहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित: समय: 18:51:10  756पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार