पेरिसडाँडामा युवाहरुको नवनियुक्त पर्यटन मन्त्रीलाई भब्य स्वागत,पर्यटन मन्त्री भट्टराई भन्नुहुन्छ : कार्यन्वयन पक्ष नैं मुख्य चुनौती !


श्याम तामाङ,तामाङपेज।

काठमाडौं ।

ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवं  चर्चित युवा नेता योगेश भट्टराईले बुधबार नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोप्यनियताको सपथ ग्रहण लिनु भएको छ ।

बिहिबार काठमाडौं कोटेश्वर,पेरिसडाँडामा रहेको सहिद स्तम्भमा शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जलीसहित माल्यर्पण गर्न पुगेका नवनियुक्त संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईलाई युवाहरुले भब्य रुपमा स्वागत गरेका छन् । स्वागत पश्चात् मन्त्री योगेश भट्टराईले शहिदहरुको स्तम्भमा माल्यार्पण गर्नुहुँदै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भयो ।

संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मन्त्री भट्टराईले कार्यन्वयन पक्ष मुख्य चुनौती रहेको,नेपाल भ्रमण वर्ष -२०२० नजिकिएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ,विमानस्थलहरुको स्तर उन्नति ,संस्कृति,पर्यटन तथा  नागरिक उड्डयन मन्त्रालयसँग जोडिएका सवालहरु अति महत्वपुर्ण रहेका छन् सो बारे अध्ययन गरेर ,आफ्नो कार्यकालमा परिणाममुखी कार्य गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्नुहुँदैं संस्कृति  ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य,योजना,भावी नीति बारे केही दिनको अध्ययन पछि कार्य,योजना सार्वजनिक गर्ने जनाएका छन् ।

प्रकाशित: समय: 13:16:06  840पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार