अगष्ट १, तामाङपेज संवाददाता
टोकियो, जापान ।
एनआरएनए जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम अगस्ट ५ तारिखमा सार्वजनिक गरिने बताएको छ ।
एनआरएनए जापानले, जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दै आएको छ । तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालयमा अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिए ।
यस अघि पनि यस्तै प्रकृया बाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेको वुझिएको छ । यहि जुलाई १ तारिक सम्ममा आवेदन दिई प्रकृया पुरा भएका बिधार्थीहरुको नामावली छात्रवृत्तीको लागि अगस्ट ५ मा सार्वजनिक गरिने भएको हो । प्रत्येक विद्यार्थीले प्रति महिना ३०,००० जापानी येन २ बर्ष सम्मको लागि प्राप्त गर्नेछ ।छात्रावृति पाउनेमा छनौट भएका विद्यार्थीहरुलाई यही अगष्ट २७ तारिख मा प्रमाण पत्र सहित सम्मान गर्ने कार्यक्रममा रहेको र सोही कार्यक्रममा विद्यार्थीहरुसंग बिशेस अन्तरकृया कार्यक्रम गरिने अध्यक्ष टासी वाङदी लामाले बताए ।