काङ्ग्रेस ललितपुरद्वारा युवा नेता एवं पुर्व जिल्ला सहसचिव कर्माचार्यको उपचारका लागि सात लाख आर्थिक सहयोग प्रदान


श्याम तामाङ,तामाङपेज।

ललितपुर । गोदावरी नगरपालिकास्थित चापागाउँका स्थानिय वासिन्दा ,नेपाली काङ्ग्रेसका युवा नेता एवं पुर्व जिल्ला सहसचिव दिलिप कर्मचार्यको उपचारको निमित्त बुधबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ललितपुरले संकलन गरेको आर्थिक सहयोग रकम रु.७ लाख प्रदान गरेका छन् ।

नेता एवं पुर्व जिल्ला सहसचिव कर्माचार्य विगत केही महिनादेखि क्यान्सर रोगबाट ग्रसित भइ  छाति तथा पेटमा देखा परेको ट्युमरका कारण  भारतको हरिद्वारमा बुधबार उपचारको लागि जान लागेका हुन् ।

 

नेता कर्मचार्यलाई आर्थिक सहयोग प्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस ललितपुर जिल्ला कार्य समितिका कार्यवहाक सभापति प्रकाशनन्दन जोशी,कोषाध्यक्ष कर्म ब्यन्जनकार,महासमिति सदस्यहरु मीनकृष्ण महर्जन,ऋषिराम घिमिरे,ललितपुर जिल्ला समन्वय समिति सभापति अम्बरबहादुर खड्का ,जिल्ला नेताहरु रबिन्स शर्मा,पुरुषोतम सिलवाल,वशिष्ठ अधिकारी,प्रभाकर पोखरेल,गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन,उपप्रमुख मुना अधिकारी,गोदावरी नगरपालिका वडा नं.१,५,६,९ वडाका वडाअध्यक्षहरु क्रमश: हरिहर कार्की,मिलन सिलवाल,विष्णुमान महर्जन,गिरिप्रसाद तिमल्सिना,नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नं.१ क्षेत्रीय उपसभापति रामकृष्ण लामा,क्षेत्रीय कोषाध्यक्ष शेखर न्यौपाने ,नेपाली काङ्ग्रेस गोदावरी नगर समिति सभापति सुरज श्रेष्ठ ,काङ्ग्रेसका युवा नेता दिवाकर सुवेदी लगायतका नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

काङ्ग्रेस नेता दिलिप कर्मचार्यले नेपाली काङ्ग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ ललितपुरको जिल्ला सभापति हुँदै नेपाली काङ्ग्रेस ललितपुरको जिल्ला सहसचिवसम्मको नेतृत्व लिएका थिए ।

नेपाली काङ्ग्रेस भित्र नेता कर्मचार्य शालिन ,इमान्दार नेताको रुपमा चिरपरिचित समेत हुनुहुन्छ ।

 

 

प्रकाशित: समय: 12:19:24  1067पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार