एनआरएनए जापानको अध्यक्षका लागि दिनेश गुरुङको उम्मेद्वारी

६ महिना भित्रमा नेपाल हाउस निर्माण गर्ने एजेण्डा सार्वजनिक

अगष्ट १,तामाङपेज संवाददाता,

टेकियो,जापान।

स्याङ्जा जिल्लाको पर्यटकीय गुरुङ गाउँ दरौ-शिरुबारीमा जन्मिएका व्यवसायी तथा सामाजिक अभियान्ता दिनेश गुरुङले गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नेतृत्वमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन ।

सूर्योदयको देश जापानबाट नेपालले लिनसक्ने अधिकतम सहयोग र देशको बिकासमा जापानले गरेको प्राविधिक बिकासबाट सिक्दै जापानको प्रविधिलाई नेपाल भित्र्याउनका लागि उचित वातावरण निर्माण गर्न गैरआवासीय नेपाली संघ जापानमा आफ्नो नेतृत्व आवश्यक रहेको भन्दै यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
एनआरएनए जापानको तेस्रो कार्यकालमा कोषाध्यक्षको भूमिकामा सफल कार्यकाल निर्वाह गरिसकेका गुरुङ अहिले आइसीसी सदस्य पदमा क्रियाशिल रहेका छन् ।

एनआरएनए जापानको अध्यक्ष पदमा दावी गरेका गुरुङले निर्वचित भएको ६ महिना भित्र नेपाल हाउस स्थापना गर्ने एजेन्ड सहित उम्मेद्वारी घोषणा गरेका हुन् । जापानमा रहेका सबै नेपालीलाई लक्षित गरी ’नेपाल हाउस’ निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुको जापान बसाईलाई सहज बनाउन एनआरएन जापानले सहयोगी भूमिका खेल्ने वातावरण निर्माण गर्ने बताए ।
नेपाल हाउसको एजेण्डा अन्तर्गत-“ नेपालमा लगानी भित्र्याउन र भ्रमणमा जाने, जापानीहरुलाई नेपाल सरकारको सहयोगी बनि उनीहरुलाई नेपालका बारेमा जापानी भाषा मै जानकारी दिने व्यवस्था गर्ने लक्ष्यका साथ आफुले काम गरेर देखाउने गुरुङको दावी छ । त्यसैगरी जापानमा रहेका नेपाली विद्यार्थीहरुका समस्या सुनुवाई हुने थलोको आवश्यक रहेकोले ’सहयोग डेक्स’ निर्माण गरी समाधानका उचित पहलहरु गरिने, नेपाल हाउस भित्र जापानमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने सवै खाले सहयोग गर्न सबै पूर्वाधारको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

जापानमा रहेका नेपालीहरु माझ सहयोगी तथा समयअनुसार आफुलाई ढाल्न सक्ने खुबी भएका सफल व्यवसायी गुरुङ नयाँ नयाँ क्षेत्रमा जोखिम मोल्न सक्ने व्यवसायी मानिन्छन् ।
तमुधीं जापानको अध्यक्ष समेत भईसकेका दिनेश गुरुङ स्याङजा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सरंक्षक पनि हुन् ।

प्रकाशित: समय: 12:04:34  606पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार