गोटिखेलमा रेडक्रसको आधारभुत प्राथमिक तालिम शुरु


तामाङपेज संवाददाता ।

ललितपुर । दक्षिण ललितपुरमा पर्ने महाँकाल – ३ गोटिखेलमा मंगलबारदेखि सामुदायिक विकास सबलिकरण कार्यक्रम अन्तर्गत ४ दिने आधारभुत प्राथमिक उपचार तालिमको शुरूवात भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ललितपुरको आयोजनामा संचालित उक्त तालिममा दैवीप्रकोप ,बाढीपहिरो,भुकम्प जस्ता प्रकोपबाट या अन्य कुनै घटना घटी चोटपटक लाग्दा उपचार गर्ने विधि,विभिन्न विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण शुरु भएको नेपाल रेडक्रस सोसाईटी ललितपुरका स्वास्थ्य प्रबर्द्धन अधिकृत राजाराम श्रेष्ठले जनाएका छन् ।

 

प्रकाशित: समय: 10:30:09  487पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार