न्यु शेर्पा फेन्सि स्टोरको फाङि डे अफरको फोटो प्रतियोगिता श्रावण ३० गते हुँदै,सहभागि हुने अन्तिम म्याद श्रावण १८ गतेसम्म


श्याम तामाङ,तामाङपेज।

काठमाडौं । शेर्पा जातिको भेषभुषाको संरक्षण,सम्बर्द्धन गर्ने उद्धेश्यले न्यु शेर्पा फेन्सि स्टोरको आयोजनामा शेर्पा जातिको महान चार्ड फाङिको अवसरमा श्रावण ३० गते काठमाडौंको बौंद्ध,रामहिटी,फैंकाचोकमा ह्याप्पि फाङि डे अफरको फोटो प्रतियोगिता तथा फाङि साँस्कृतिक कार्यक्रम भब्य रुपमा हुने भएको छ ।

कार्यक्रम संयोजक नुरु शेर्पाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै सो प्रतियोगितामा नेपाल ,हङकङ-३,मकाउ-३,पोर्चुगल-३७,अमेरिका-१००,दुबई,साईप्रस लगायतका देशहरुबाट गरि बुधबारसम्ममा बालबालिका,युवा,महिलादेखि जेष्ठ गरि शेर्पा समुदायका दाजुभाई तथा दिदिबहिनिहरुले हालसम्ममा २ सय ८५ जना सहभागिले नाम दर्ता गरि सकेको जनाएका छन् ।

संयोजक शेर्पाले प्रतियोगितामा सहभागिताको लागि सहभागी हुने अन्तिम दिन आउँदो श्रावण १८ गतेसम्म रहेको सहभागी हुन चाहने प्रतियोगीले आफ्नो शेर्पा भेषभुषामा सजिएको फोटो,नाम ,ठेगाना सहितको विवरण new-sherpa-fance-store ( न्यु शेर्पा फेन्सि स्टोर)को पेजमा गैइ इनबक्स म्यासेजमा म्यासेज पठाई सहभागी बन्न सक्ने बताउनु भएको छ ।

आयोजककानुसार विजेताले आकर्षक ह्याप्पी फाङि डे अफर विशेष पुरस्कार जित्न सकिने स्वदेश तथा विदेशमा रहनु भएका सयौं शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुले प्रतियोगितामा साथ लिएका छन् ।

प्रतियोगितामा साथ लिनेहरुमध्ये प्रतियोगी नम्बर ००२२६, ००२३१, ००२४४, ००२३७, ००२११, ००१९७ , ००२४२, ००४३, ००२२९, ००२३० र ००२३६ का प्रतिस्पर्धीहरु क्रमश: दावाल्हमु शेर्पा रामेछाप,डोमा शेर्पा सिन्धुपाल्चोक ,पासाङ शेर्पा अमेरिका,पेमाडोमा शेर्पा सोलुखुम्बु,निमा शेर्पा दुबई ,पेमा शेर्पा काठमाडौं,डाजाङमु शेर्पा अमेरिका,सुष्मा शेर्पा काठमाडौं,आङछिरिङ शेर्पा साईप्रस,कान्छि शेर्पा रामेछाप र निमा लामा शेर्पा सोलुखुम्बु रहनु भएका प्रतिस्पर्धीहरुको फोटोमा शुभचिन्तकहरुको लाइक,शेर तथा शुभकामना बढी देखिएको छ ।

तस्बिर :

न्यु शेर्पा फेन्सि स्टोर पेजबाट ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 8:04:54  1083पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार