श्याम तामाङ,तामाङपेज,काठमाडौं ।
रामेछाप । दोरम्बा गाउँपालिका वडा नं.७ लखनपुरकी दोरम्बा गाउँपालिका कार्यपालिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की नेतृ धनमाया थिङ तामाङ (क.मिना)को क्यान्सर रोगबाट पीडित भएर उपचारमा कठिनाई भएपछि भल्वाडी म्हारमेन युवा क्लबको अगुवाईमा हिरा दोङ तामाङको नेतृत्वमा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरिएको रकम रु.७८ हजार ७ सय रुपैयाँ राजधानीमा क्यान्सर पीडित धनमाया थिङ तामाङलाई प्रदान गरेका छन् ।
युवा सामाजिक अभियन्ता भिषण दोङ तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै क्यान्सर पीडित धनमायाको उपचार्थ सहयोग मिलोस भन्ने उद्धेश्यले सहयोगी दाताहरुको रोहवरमा आर्थिक सहयोग रकम प्रदान गरेको जनाउनु भएको छ ।