श्रावण १८ गते बौंद्धमा समुदायमा सुरक्षा सुदृढिकरण विषयक अन्तरक्रिया कार्यक्रम हुने


तामाङपेज संवाददाता ।

काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र बौंद्ध,काठमाडौंको आयोजनामा हर प्रहर ,गाउँ र नगरी ,टोल टोलमा नेपाल प्रहरी समुदाय – प्रहरी साझेदारी ( शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि) भन्ने नाराकासाथ समुदायमा सुरक्षा सुदृढिकरण विषयक अन्तरक्रिया कार्यक्रम आउँदो श्रावण १८ गते शनिबार बिहान ९:३० बजे श्री बौंद्ध तामाङ कल्याण गुठीको सभाहल ,बौंद्ध ,फुलबारी ,काठमाडौं गर्ने भएको छ ।

सामुदायिक सेवा केन्द्र ,बौंद्ध,काठमाडौंका अध्यक्ष वीरबहादुर वाईवा तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै सो अन्तरक्रिया कार्यक्रमममा सहभागी भइ दिनुहुन बौंद्धका दाजुभाई तथा दिदिबहिनी ,सरोकारवाला महानुभावहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 21:46:32  785पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार