गीति वृत्तचित्र ललितपुरको चिनारी म्युजिक भिडियो चर्चामा,दर्शक र श्रोताको मन जित्न सफल


तामाङपेज संवाददाता ।

ललितपुर ।

गोदावरी नगरपालिकास्थित लेलेका स्थानिय वासिन्दा ,पुर्व लेले गाविसका अध्यक्ष एवं चर्चित गायक मिठ्ठाराम केसिको शब्द ,लयमा आधारित गीति वृत्तचित्र ललितपुरको चिनारी म्युजिक भिडियोको सार्वजनिक विं.सं.२०७६ बैशाख १३ गते शुक्रबारका दिन साझा पार्टी प्यालेस लगनखेलमा संस्कृतिविद् सत्यमोहन जोशिले लोकार्पण गर्नु भएको थियो ।

लय,शब्द चर्चित गायक मिठ्ठाराम केसि,गायक रामशरण महत,गायिकाहरु ज्ञानु केसि,हिरामाया वाईवा तामाङ,छायांकन रामशाह भाट,सह-सम्पादन लोकेश भाट,सम्पादन वीरेन्द्र भाट,निर्देशन कृष्णभक्त महर्जनको रहेको छ ।

दृश्य निर्माण वर्ल्ड कभर मिडियाको रहेको गीति वृत्तचित्र ललितपुरको  सार्वजनिक भएको तीन महिनाको अवधिमा दर्शक र श्रोताको मन जित्न सफल भएको चर्चित गायक मिठ्ठाराम केसिले तामाङपेजसँगको सम्पर्कमा बताएका छन् ।

ललितपुरको चिनारी गीति वृत्तचित्र म्युजिक भिडियोको शिर्ष गितको लय ललितपुरको मुटुमा लेले छ,थाहा नैं नपाई मायाले जेलेछ भन्ने गितले दर्शक र श्रोताको मन जित्न सफल भएको छ ।

तस्बिर :

सरोज दहाल

 

ललितपुरको चिनारी गीति वृत्तचित्र ,म्युजिक भिडियो हेर्नुहोला ………..

 

प्रकाशित: समय: 15:07:09  741पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार