बुद्ध जन्मिएको देश हाम्रो तर शान्ति छैन यहाँ
शान्तिको देश नेपाल हाम्रो शान्तिखोज्न जाउँ कहाँ?
महिनाको चार चोटि बन्द र हडताल छ यहाँ
विद्यार्थीको भविष्य केहुन्छ प्रश्नगर्ने खोइ कहाँ?।।१.।।
गरिब सधैं गरिबिमै पिल्सिदै छन् यहाँ
धनि झन धनी हुँदै छन् यहाँ
महँगिको मारमा पर्ने नि यहि गरिब
यसको जवाफ दिने खोइ बस्छन् कहाँ?।।२.।।
गरिबका सन्तान एकछाक रोटिको लागि
ढुंगा हानी हिड्छन् यिनकै इशारामा
कारवाही हुन्छ मारिनछन यिनिहरु नैं
बाबुआमा हुन्छन् सधैंलाई बेसाहारा।।३.।।
त्यसैले अब यिनका पछि नलागौं दाजुभाई
आफुलाई चाहिए प्रयोग गर्छन् नत्र चिन्दैनन हामीलाई
त्यसैले अब देशको लागि एकजुट बनौं हैं सबैं
जनता हामी नमिले यिनले बेच्छन् यो देशलाई।।४.।।