श्याम तामाङ,तामाङपेज ।
काठमाडौं ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित पार्दै नेपाल तामाङ बोम्बो संरक्षण समाज केन्द्रीय कार्य समिति,काठमाडौंले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरेको छ ।
समाजका केन्द्रीय महासचिव विष्णुबहादुर तामाङले आउँदो पौष १४ र १५ गते राजधानीमा अन्तर्राष्ट्रिय बोम्बो ( झाँक्री) सम्मेलन गर्ने र सम्मेलनको मुख्य उद्धेश्य बोम्बोहरुको कला ,संस्कृति र संस्कारलाई विश्व सामु चिनाउने बताएका छन् ।
नेपाल तामाङ बोम्बो संरक्षण समाजका केन्द्रीय अध्यक्ष महाराज बम्जन तामाङले भने झाँक्रीप्रति समाजले हेर्ने गलत दृष्टिकोणलाई चिर्नको लागि पनि सम्मेलनको आयोजना गरेको जानकारी दिनु भएको छ ।
समाजसँगै समन्वय गर्ने नेपाल टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ( टान) का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले भने नेपाल तथा परदेशमा रहनु भएका झाँक्रीहरुलाई दुई दिन हुन लागेको अन्तर्राष्ट्रिय झाँक्री सम्मेलनले नेपाल भ्रमण वर्षको प्रचार,प्रसार ,झाँक्रीको मौलिक परम्परा ,आदिवासी जनजातिको प्राचीन सभ्यतासँग जोडिएका सामग्रीहरुको प्रदर्शन गर्ने सके अझ सम्मेलनले सार्थक पाउनेमा जोड दिएका छन् ।
नेपाल सरकारले सन् २०२० नेपाल भ्रमण वर्षलाई मध्यनजर गरेर बीस लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले दुई दिने सम्मेलनको लागि रु.३५ लाख खर्च लाग्ने ,देशभरका एकहजार जना बोम्बोहरुको सहभागिता रहने र प्रवासबाट भारत,भुटान,चीन ,जर्ननी,इटाली लगायत गरि एक दर्जन भन्दा बढी देशबाट बोम्बोहरुको सहभागिता हुने आयोजकको दाबी छ ।
तस्बिर :
अस्मि लामा
चन्द्रजीत मोक्तान तामाङ
सामाजिक संजाल ।