हृदयघातका कारण जापानमा दुई नेपालीको निधन


तामाङपेज संवाददाता,
टोकियो, जापान।

हृदयघातका कारण जापानमा दुई नेपालीको निधन भएको छ। मृत्यु हुनेमा बाग्लुङ्ग, गलकोट स्थायी घर भई रोजगारीको सिलसिलामा जापानको सिजुओका बस्दै आउनु भएका झपवहादुर खत्री र योक्काईची वस्दै आउनु भएका राजु श्रेष्ठ रहेको बताइएको छ । बिगत लामो समय देखि सिजुओका स्थित इन्डीयन रेष्टुरेन्टमा काम गर्दै आउनुभएको खत्रीलाई जुलाई २८ तारिक राती सुत्ने क्रममा असहज महशुस भएपछि अस्पताल पुर्‍याईएको थियो। राती नै उनको हृदयघातका कारण  मृत्यु भएको अस्पतालले जनाएको छ। खत्रीको जापानमानै ३१ तारिक दाहसंस्कार गरिने पारिवारिक श्रोतले वताएको छ ।

त्यसैगरि यही जुलाई २६ तारिक राजु श्रेष्ठको पनि  निधन भएको हो। काठमाडौं महानगरपालिका वडा नं.३,बाँसवारी निबासी श्रेष्ठको काम गरेको कम्पनीले तत्काल शव नेपाल पठाउने प्रकृयामा रहेको र त्यस्को लागि सबै प्रकृया पूरा गरी शवलाई योक्काईचिवाट ओसाका लगी सकिएको एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम सितलले बताएका छन्।

विगत केही समय यता जापानमा नेपालीहरुको विभिन्न कारण मृत्यु हुनेको क्रम बढेको छ।

प्रकाशित: समय: 19:37:56  398पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार