तामाङपेज संवाददाता,काठमाडौं ।
दक्षिण कोरिया ।
तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङ नाम्दो बुसानको संयुक्त आयोजनामा ह्यङला रिमठिम वनभोज कार्यक्रमको शनिबार र आईतबार आयोजना गरेको छ।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगल डेण्डुप शेर्पाको प्रमुख आतिथ्यमा र नागार्जुन गुम्बाका प्रमुख लामा उर्केन लामाको विशेष आतिथ्यमा आयोजित वनभोज कार्यक्रममा दक्षिण कोरियामा रहनु भएका तामाङ एवं गैंर तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको थियो ।
वनभोज कार्यक्रममा तामाङ सेलो ,तामाङ नृत्य,स्वीमिङ ,खेलकुद,तामाङ खाना ,अन्य परिकार,भेषभुषा प्रदर्शनी,तामाङ संस्कार ,बौंद्ध धर्मका संस्कार ,संस्कृति लगायतका बारेमा पनि चर्चा ,परिचर्चा गरेका थिए।
तस्बिर श्रोत :
तामाङ संघ दक्षिण कोरिया
तामाङ समाज ख्यङसाङ नाम्दो बुसान