तामाङपेज संवाददाता ।
काभ्रे । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया गएर नेपाल फर्केका युवा पत्रकार एवं गायक यम पाख्रीन तामाङले तामाङ सेलोमा आधारित खसु ह्राङ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
डम्फु मिडियाको प्रस्तुति रहेको उक्त म्युजिक भिडियोमा शब्द कुमार स्याङबा ,संगित विशाल काल्तन,एरेन्जर चन्द्र सिं,क्यामरा एवं सम्पादन विक्रम लामा, कोरियोग्राफर प्रतीक ङेसुर तामाङ,मोडलमा चर्चित नायिका शुष्मा मोक्तान ,मोडल तिर्थ वाईवा ,मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
गायक पाख्रीनले तामाङपेजसँग कुराकानी गर्नुहुँदै आफुले गित,संगितको पारखी माझ ल्याएको गित,तामाङ सेलोको लयमा छुट्टैपनको रहेको ,दर्शक र श्रोताहरुको मन जित्न सफल हुने जनाएका छन् ।
गायक यम पाख्रीन तामाङको खशु ह्राङ गितको म्युजिक भिडियो हेर्नुहोस ……….