बाढीपहिरोबाट ज्यान गुमाएका माल्टा बगुवाका सरोज जिम्बाको परिवारलाई नेता राजु आलेमगरद्वारा आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

अबिरल वर्षातका कारण असार २७ गते बाढी पहिरोमा घरको माथिबाट आएको ढिस्कोले घरको जगसहित वाग्मती गाउँपालिका वडा नं.२ माल्टा ,बगुवाका १३ वर्षिय सरोज जिम्बा तामाङको पुरिएर मृत्यु भएको थियो ।

हाल अमेरिकामा रहनु भएका माल्टाका प्रशान्त ग्लान तामाङबाट रु.२१,७०४।-,प्युटारका राजेन्द्र घलेबाट रु.२१,७००/- अन्य पदम सापकोटा,अमृत सापकोटा रु.२ / २ हजार सहयोगिहरु लगायतले संकलन गरि पठाएको आर्थिक सहयोग गरि जम्मा रु.४७ हजार ४ सय ४ रुपैयाँ रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ललितपुरका जिल्ला सदस्य एवं  नेता राजु आलेमगर र माल्टा बगुवा निवासी कमल ब्लोन तामाङको हातबाट मृतक सरोजका बुबा पन्चलाल जिम्बा तामाङलाई सोमबार चापागाउँमा प्रदान गरेका छन् ।

बाढीपहिरोका कारण  ललितपुरमा  ६ जनाको ज्यान गएको छ ।

 

 

हाल :

अमेरिका रहनुहुने प्रशान्त ग्लान तामाङबाट आर्थिक सहयोग रु.२१,७०४-

 

 

हाल :  अमेरिका रहनुहुने राजेन्द्र घलेबाट आर्थिक सहयोग  रु.२१,७००/-

तस्बिर : प्रकाश थिङ तामाङ ।

प्रकाशित: समय: 12:31:23  606पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार